‘बुलेट’मा ट्राफिकको निरन्तर निगरानी, थप ७९ चालकलाई कारवाही

काठमाडाैं | साउन १०, २०७९

‘बुलेट’मा ट्राफिकको निरन्तर निगरानी, थप ७९ चालकलाई कारवाही

काठमाण्डौं: मोडिफाई गरी चर्को आवाज निकाल्ने रोयल इन्फिल्डको बुलेट मोटरसाइकलमाथि ट्राफिक प्रहरीले निरन्तर निगरानी गरिरहेको छ । हिजोमात्रै ३७ बुलेट नियन्त्रणमा लिएर कारवाही गरेको प्रहरीले आज थप ७९ बुलेटचालकलाई काठमाण्डौंमा कारवाही गरिएको छ । 

 

उपत्यका ट्राफिक प्रहरीले आफुखुशी मोडिफाई गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई चालकलाई कारवाही गरेको जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकलले ध्वनी प्रदुषण बढाउनुकासाथै अन्य प्रदुषणसमेत बढाएको ट्राफिक प्रहरीले जनाएको हो । 

 

‘रोयल इनफिल्ड  (बुलेट) मोटरसाइकलको  साइलेन्सरको पछाडी  पातामा रबर  राखी  ठूलो अवाज निकाल्ने  ८९ जना मोटरसाइकल  चालकहरुलाई कारवाही गरिएको छ’ उपत्यका ट्राफिकले भनेको छ । 

 

नियन्त्रणपछि उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप झिकिएको छ भने चालकलाई जरिवाना गरिएको छ । साथै, आइन्दा मोडिफाइ नगर्न चेतावनीसमेत दिइएको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्